ताजा अपडेट »

भाइको छोरीको हत्या गर्ने अंकल पक्राउ

बुधबार, १२ माघ २०७८

बुटवल । आफ्नै सहोदर भाईको छोरी गर्ने अंकल पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङजाको चापाकोट नगरपालिका–७ पिपलछापका ३८ वर्षीय बासुदेव ढकाल रहेको प्रहरीले जनाएको छ ।

ढकालले आफ्नै सहोदर भाईको छोरी २७ महिनाकी सुबिना ढकालको हत्यामा संलग्न रहेकोअभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको हो ।
ढकालले सुबिनालाई ज्यान मार्ने मनसाय लिई जमिनमा पछारी अचेत बनाई छाडेका थिए । अचेत अवस्थामा रहेकी सुबिनालाई उपचारको लागि रामपुर अस्पताल रामपुर पाल्पामा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो प्रहरीले जनाउको छ ।

उनी उपर ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।