काठमाडौं। सरकारले दुई लाख २३ हजार भन्दा बढीलाई अतिरिक्त मात्रा खोप लगाएको छ । माघ ४ गतेबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई अतिरिक्त मात्रा खोप दिन सुरु गरेको थियो । सात दिनमा सरकारले दुई लाख २३ हजार ९४४ जनालाई अतिरिक्त मात्रा खोप दिएको हो ।
सरकारले खोप अभियान सुरु गरेको माघ १४ गते एक वर्ष पुग्दैछ । सरकारले खोप अभियान सुरु गरेदेखि अहिलेसम्म दुई करोड ९६ लाख ६४ हजार ६०७ मात्रामा खोप लगाएको छ । जसमा एक करोड ६३ लाख ३३ हजार ९३७ जनाले कम्तिमा एक मात्रा र एक करोड ३१ लाख छ हजार ७२६ जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको हो ।
मन्त्रालयको तथ्याङ्क अनुसार कुल जनसंख्याको ५३.८ प्रतिशतले कम्तिमा एक मात्रा र ४३.१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । लक्षित जनसंख्याको ८२ प्रतिशतले एक मात्रा र ६५.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
प्रतिक्रिया