बुटवल । रुपन्देहीको सैनामैनामा एक पुरुषको शव फेला परेको छ । सैनामैना–रानीकुवा बस्ने अन्दाजी ४३ वर्षीय दिलबहादुर वि.क आज विहान मृत अवस्थामा घर नजिकैको खेतमा फेला परेका हुन् ।
गएराती करिब ७ बजे घर बाहिर घुम्न निस्केका उनको शब आज विहान करिब ७ बजेको समयमा देखेपछि स्थानीयले खबर गरेको ईलाका प्रहरी कार्यालय रनौरा मुर्गीयाले जनाएको छ । मृतकको शरीर तथा हुलिया हेर्दा मादक पदार्थ सेवनगरी आफै लडेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउने तयारी भइरहेको छ । घटना बारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया