बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले खोप लगाउन छुटेका नागरिकहरुलाई आज मंगलबार र बुधवार खोप लगाउँदै छ । कोभिड-१९ विरुद्धको हालसम्म कुनै पनि खोप नलगाएका १८ वर्ष उमेर पुगेका र पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा खोप लगाउन नपाएका नागरिकलाई लक्षित गर्दै आज र भोली खोप लगाइने भएको हो ।
खोप नगरका तीन स्थानबाट लगाएइनेछ । जस अन्तर्गत मुर्गिया, कलौनी र सालझण्डीमा स्थान तोकिएको छ । जोन्सन, कोभिशिल्ड र भेरोसेल खोप लगाइने कार्यक्रम भएकोले उमेर खुल्ने प्रमाणका साथै पहिलो मात्रा लगाएकाहरुले अनिबार्य रुपमा पहिलो खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।
साथै कोभिड-१९ बिरुद्धको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालनाहुने गरी कार्यालय समय भित्र सेवा लिन पालिकाले आग्रह गरेको छ । त्यस्तै कोभिसिल्ड खोप लगाएकाले कम्तिमा ६० दिन, भेरो सेल खोप लगाएको कम्तिमा २२ दिन पूरा हुनुपर्नेछ । त्यसैगरी कोभिड संक्रमण भएको भए रिपोर्ट नेगेटिभ आएको ३० दिन हुनुपर्ने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया