ताजा अपडेट »

ट्रम्पलाई महाभियोग लगाउने पक्षमा बहुमत

शुक्रबार, १५ कार्तिक २०७६

कार्तिक १५,
काठमाडौँ । अमेरिकी सांसदहरूले बिहीबार पहिलोपटक राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया अगाडि बढाएका छन्। अमेरिकी संसद केहाउस अफ रिप्रेजेन्टिब्सले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग चलाउने प्रस्तावमाथि सहमती जनाएका छन्। महाभियोगका लागि सुरु भएको मतदानमा उनलाई महाभियोग लगाउने पक्षमा २ सय ३२ र विपक्षमा १ सय ९६ मत खसेका छन्। महाभियोग लगाउनका लागि डेमोक्रेटिक पार्टीलाई बहुमत प्राप्त भएको छ।

ट्रम्पमाथी आफ्ना विरोधी जो बिडेन र उनका छोराविरुद्ध युक्रेनी गैर कम्पनीमा भ्रष्टाचार अभियोगमा अनुसन्धान गर्नका लागि युक्रेनमाथी दवाव दिएको आरोप लागेको छ।महाभियोग प्रस्तावमा गुप्तचर मामिला सम्बन्धि समितिका प्रमुख एन्ड स्किफको नेतृत्वमा एक सार्वजनिक अनुसन्धान गरिने बताइएको छ। समितिका अध्यक्ष म्याक्गवर्नले राष्ट्रपतिले शक्तिको दुरुपयोग , राष्ट्रिय सुरक्षा तथा निर्वाचन प्रक्रियामा सम्झौता गरेको प्रमाण आफूसँग रहेको बताएका छन्। यसका अलावा सदनका चार समितिले अनुसन्धानका क्रममा उनीविरुद्धका प्रमाण संकलन गरिएको र तिनलाई छिट्टै अमेरिकी जनाता माझ सार्वजनिक गरिने बताएका छन्। उनीहरूले यसबाट ट्रम्पले २०२० को निर्वाचनमा शक्तिको दूरुपयोग गरेको प्रस्ट हुने बताएका छन्।

यस्तो छ महाभियोग प्रक्रिया

प्रतिनिधि सभाका छ समितिले ट्रम्पमाथीको महाभियोग प्रक्रियाको अनुसन्धान गर्ने छन्। अनुसन्धानका क्रममा अभियोग निकै मजबुद पाइए प्रक्रियालाई उनीहरू न्यायिक समितिमा पठाउने छन्।यदी अनुसन्धानका क्रममा उनीविरुद्ध प्रमाण बलियो नबने उनीमाथी महाभियोग लाग्ने छैन। तर, उनीविरुद्ध प्रमाण जुटे उनलाई महाभियोग लगाउन संसदमा मतदान हुने छ। यसरी मतदान गर्दा ट्रम्पको पक्षमा दुई तिहाईभन्दा कम भोट खसे उनीमाथी महाभियोग लाग्ने छ र उनले पदबाट राजीनामा दिनुपर्ने छ।-एजेन्सी