ताजा अपडेट »

मन्त्रिपरिषद् बैठक बस्दै

सोमबार, १० माघ २०७८

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ । 

१२ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनदेखि स्थानीय तह र  प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवासायीसँग छलफल गरिसकेका छन् । यसबारे बैठकमा प्रधानमन्त्री देउवाले ब्रिफिङ गर्नेछन् ।