ताजा अपडेट »

सैनामैनामा मोटरसाइकलले ठक्कर दिँदा सामान किन्दै गरेकी लक्ष्मीको मृत्यु

आइतबार, ०९ माघ २०७८

बुटवल । रुपन्देहीको सैनामैनामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ स्थित सडकमा शनिबार लु ९ प ३०३४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी २३ वर्षीया लक्ष्मी श्रीस मगरको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते मगरको उपचारको क्रममा शनिबार राति लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । आफूले सामान किन्दै गरेको ठेलालाई लु ८ प ४१७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि आत्तिएर बाटो काट्ने क्रममा लु ९ प ३०३४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । दुवै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।