कार्तिक १४,
लोकप्रिय बलिउड अभिनेता शाहरुख खानले यतिबेला आफूसँग काम नभएको बताएका छन्। दिल्लीस्थित भारतको पहिलो मल्टिप्लेक्स फिल्म हल पिविआर अनुपमको बन्द समारोहमा पुगेका शाहरुखले आफूसँगका सबै कलाकार व्यव्स्त रहेकाले कार्यक्रममा आफूलाई बोलाइएको बताएका हुन्। ‘मसँग काम छैन, सलमान खान आमिर खान र ऋतिक रोशन आफ्नो काममा व्यस्त भएकाले कार्यक्रममा मलाई बोलाइयो,’शाहरुखले भनेका छन्।
शाहरुखको यस भनाइको जवाफ दिँदै पिविआर हलका मालिक अजय बिजलीले आफ्नो मल्टिप्लेक्समा चलेको पहिलो फिल्म शाहरुख खानको बोस भएकाले उनीलाई नै बोलाइएको बताएका थिए। उक्त हलको पुननिर्माण गरिने भएकाले केही समयका लागि बन्द गरिने बिजलीले बताए। कार्यक्रमको अन्त्यमा खानले केहि दिनमा आफ्नो फिल्मको घोषणा गर्ने बताएका थिए। ‘मैले दुई-तीन स्क्रिप्टमा काम गरिरहेको भए पनि अहिले खाली छु। स्क्रिप्ट तयार भएको बेला म तपाइहरूको बिचमा फेरी आउने छु,’ शाहरुखले भने। हाल शाहरुख पर्दाभन्दा केही टाढा रहेका छन्। उनले पछिल्लो समय कुनै फिल्ममा काम गरिरहेका छैनन्।-एजेन्सी
प्रतिक्रिया