बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नेपाल पत्रकार महासंघ रुपन्देही बीच सञ्चारकर्मीहरुको सहज उपचारका लागि सहमति भएको छ । विश्वव्यापी कोरोना महामारीका क्रममा अग्र पङ्तीमा रहेर काम गर्ने सञ्चारकर्मीहरुको उपचारका लागि आइसियूसहितको एक बेडको उपचार कक्ष नि:शुल्क पलब्ध गराउने गरी सहमति भएको हो ।
आइतबार अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा. इन्द्र ढकाल र महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यसैगरी ज्वरो क्लिनिकमा पत्रकार महासंघको सिफारिसका आधारमा नि:शुल्क परामर्श सेवा तथा पिसिआर परीक्षण गरिने भएको छ । सो अवसरमा बोल्दै महासंघ रुपन्देहीका अध्यक्ष पोखरेलले महामारीको समयमा अग्रपङ्तीमा रहेर काम गर्ने सञ्चारकर्मीहरुका लागि यो सम्झौताले महत्वपूर्ण सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरे ।
अस्पतालका सुपेरिटेण्डन डा. ढकालले सम्पूण सञ्चारकर्मी तथा पत्रकार महासंघसँग सहकार्य गर्न पाउनु खुसीको कुरा भएको उल्लेख गरे । अस्पतालले आम सर्व साधारण तथा पत्रकारहरुका लागि स्वास्थ्य सुविधा थप गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याउने उल्लेख गरे ।
प्रतिक्रिया