ताजा अपडेट »

प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, आईसीयूमा उपचार हुँदै

आइतबार, ०९ माघ २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । 

 प्रचण्डको सचिवालय स्रोतका अनुसार  दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा दाहाललाई कोरोना पुष्टि भएको हो । हाल उनको मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ । 

उनमा निमोनियासमेत देखिएको र अहिले स्वास्थ्य अवस्था स्थिर रहेकाे बताइएकाे छ । केहीदिन अघि अध्यक्ष प्रचण्डमा पनि कोरोना पुष्टि भएको थियो ।