बुटवल । मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । समाजका केन्द्रिय अध्यक्ष गोविन्द्र खनालले आइतबार एक विज्ञप्ति जारी गर्दै आपत्तिजनक अभिव्यक्ति दिने मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन्।
‘मन्त्री रेणु यादवले हालै रौतहटको गौरमा दिएको आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमा बिपरित हुनुका साथै लोकतान्त्रिक मर्यादाको खिलाफ रहेको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ। आपराधिक मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधान मन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ।’–अध्यक्ष खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जनता समाजवादीकी नेतृ समेत रहेकी यादवले एक सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई मार्ने धम्र्की दिएपछि मन्त्री यादबको चौतर्फी आलोचन भएको छ । साथै शान्ति समाजले सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवम अशोभनिय गतिबिधीको निन्दा समेत गरेको छ ।
प्रतिक्रिया