ताजा अपडेट »

चीनबाट २० लाख थान सिरिन्ज नेपाल आइपुग्यो

शनिबार, ०८ माघ २०७८

काठमाडौं । चीन सरकारले दिएको २० लाख सिरिन्ज नेपाल आएपुगेको छ । शनिबार(आज)आइपुगेको उक्त सिरिन्ज नेपाल सरकारलाई  अनुदान स्वरूप उपलब्ध गराएकाे चिनियाँ दूताबासले जनाएको छ ।

महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको दूताबासले जनाएको छ । नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाईंमा सधैं सहयोग गर्न तयार रहेको दूतावासले जनाएको छ ।