ताजा अपडेट »

किन बुटवलका धेरै क्षेत्रमा बिहानैदेखि विद्युत आपूर्ति बन्द छ?

शनिबार, ०८ माघ २०७८


बुटवल । बुटवलका विभिन्न स्थान बिहानैदेखि विद्युत आपूर्ति बन्द भएको छ । बुटवलको चौराह चोकमा नयाँ के.भि. फिडर तथा लाइन मर्मतका लागि शनिबार बिहान १० बजेदेखी ५ बजेसम्म विद्युत आपूर्ति बन्द रहने नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रले जनाएको छ ।

बुटवल नयाँ गाउँदेखि मुर्गिया चोकसम्म सडकको उत्तर तर्फ र सिमलार लगायत आसपासका स्थानमा र योगिकोटी चोकदेखीसम्म सडकको पश्चिम तर्फ, मैनाबगरदेखि सडकको दक्षिणतर्फ र तिनाउ दोभान लगायत आसपासका स्थानमा सो समयसम्म विद्युत आपूर्ति बन्द रहने विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रले जनाएको छ ।