काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको दर उच्च भएपछि यातायातमा जोर-बिरजोर प्रणाली लागू गरिएको छ। तर यातायाव व्यवसायीले भने काठमाडौँ जिल्ला प्रशासनको उक्त निर्णयप्रति असहमती जनाएका छन्।
जोर-बिजोर प्रणालीले कोरोना नियन्त्रण हुन्छ भन्नु बैज्ञानिक नहुने भन्दै जोर–बिजोर प्रणाली लागू नगर्न सुझाव दिएका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र सराेकारवाला निकायसँग काठमाडौँ जिल्ला प्रशासन कार्यालयले यातायातमा लगाइएको जोर–बिजोर प्रणालीबारे छलफल गरेको थियो। उक्त छलफलमा व्यवसायीहरुले यातायात कम चल्दा झनै भिडभाड हुने भन्दै जोर–बिजोर प्रणाली हटाउन सुझाव दिएका हुन् ।
यद्यपी उनिहरुले सरकारी निर्णय भने आफुहरुले मान्ने पनि बताएका छन्। महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारीको साटो निजी सवारीसाधन रोक्नुपर्ने भन्दै सार्वजनीक यातायातमा जोर–बिजोर प्रणाली प्रभावकारी नहुने बताएका छन्। साथै उनले सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गर्न नहुने बताएका थिए ।
प्रतिक्रिया