ताजा अपडेट »

पाल्पामा आफ्नै घरको आगनमा लडेर ५९ वर्षीया घर्तीको मृत्यु

शुक्रबार, ०७ माघ २०७८

बुटवल । पाल्पमा घरको आगनमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवि गाउँपालिका–५ मुझुङकी ५९ वर्षीय गिता घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घर्ती बिहीबार साँझ आफ्नै घरको आगनमा अचानक लडेर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाृ छ ।