ताजा अपडेट »

मन्त्री रेणुको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने

शुक्रबार, ०७ माघ २०७८

जनकपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने भएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउत लक्षित हिंसात्मक अभिव्यक्ति दिएको विरोधमा मन्त्री यादवविरुद्ध प्रदर्शन हुन लागेको हो । 

युवा संघका नेता जानी खानका अनुसार अपरान्ह २ बजे जनकचौकमा प्रदर्शन हुनेछ ।