ताजा अपडेट »

आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

शुक्रबार, ०७ माघ २०७८

काठमाडौँ । आजबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्नेछ। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो ।

गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।

सरकारले काठमाडौँ उपत्यकामा आजबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्दै छ ।