काठमाडौँ । आगामी फेब्रुअरीमा ओमान हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
जसमा भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका जितेन्द्र मुखिया, लोकेश बम, विवेक यादव र प्रदीप ऐरीले टिममा स्थान बनाएका छन् ।
नियमित सदस्य सोमपाल कामी यसपटक टिममा पर्न सकेनन् । यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पनि अन्तिम टोलीमा अटाएनन् ।
जितेन्द्र र प्रदीपले टिममा पुनरागमन गर्दा लोकेश र विवेकले पहिलो पटक टिममा स्थान बनाएका हुन् । विवेक गत वर्ष कतार टुरका लागि टी-२० टिममा परेपनि उक्त टुर रद्द भएको थियो ।
आइसिसी टि-२० विश्वकप ग्लोबल छनोट 'ए' आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट 'ए' मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र पिलिपिन्स समूह 'बी' मा छन् ।
आयरल्यान्ड, युएई, जमर्नी र बहराइन समूह 'ए' मा छन् । समूह चरणको खेलपछि हरेक समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् ।
नेपालले १८ फेब्रुअरीमा ओमानसँग खेल्नेछ । १९ फेब्रुअरीमा पिलिपिन्स र २१ फेब्रुअरीमा क्यानडासँग खेल्ने तालिका । तर पनि आइसिसी र क्यानले औपचारिक रुपमा खेल तालिका भने घोषणा गरेका छैनन् । सेमिफाइनल २२ फेब्रुअरी र २४ फेब्रुअरीमा फाइनल खेल्नेछ ।
नेपाली टिम :सन्दीप लामिछाने
कुशल भुर्तेल
आशिफ शेख
दीपेन्द्र सिंह ऐरी
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
आरिफ शेख
करण केसी
जितेन्द्र मुखिया
अविनाश बोहरा
शाहब आलम
कुशल मल्ल
कमल सिंह ऐरी
विवेक यादव
प्रदीप ऐरी
लोकेश बम
प्रतिक्रिया