कार्तिक १०,
परासी । आगलागीका कारण बन्द रहेको पश्चिम नवलपरासीको बर्दघाटस्थित नेपाल विद्युत् प्राधिकरणको १३२/११ केभी सवस्टेशनबाट सोमबार (भोलि) देखि नियमित विद्युत् आपूर्ति सुचारु हुने भएको छ । बिहीबार राति आगलागी हुँदा सवस्टेशनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा क्षति पुगेको थियो ।आगलागी भएको स्थानको स्थलगत निरीक्षण गरी सवस्टेशनबाट छिटोभन्दा छिटो विद्युत् आपूर्तिको व्यवस्था मिलाउन शुक्रबार नै काठमाडौँबाट आएको नेपाल विद्युत् प्राधिकरण ग्रिड विकास विभागका निर्देशक दीर्घायु श्रेष्ठ नेतृत्वको टोलीले सहजीकरण गरिरहेको छ ।
प्रतिक्रिया