कार्तिक १०,
काठमाडौँ । निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको सिनेमा ‘१२ सत्ताईस ‘ले तिहारको अवसर पारेर शुभकामनासहित चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको पोस्टरमा सिनेमाभित्रका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दिइएको छ । डेब्यु निर्देशक जोन योञ्जन निर्देशनमा तयार भएको यस सिनेमामा समिर श्रेष्ठ,अभिषेक नेपाल ,काजी राना , अस्मिता लामिछाने,समरान्त थापा ,अभोन राज उप्रेती , भिष्म जोशी लगायतले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् ।
‘१२ सत्ताइस’ फरक भिजुअल कमेडी फ्लेबरमा बनेको चलचित्र हो । यस सिनेमाले ३ जना युवा बेरोजगारहरुको कथा समेटेको छ। ‘उत्कृष्ट सिनेमा बनाउन स्टार काष्ट नै चाहिन्छ भन्ने छैन । कथा र पात्र बलियो भए सिनेमा राम्रो बन्छ र हाम्रो सिनेमाले नि दर्शकको मन जित्छ ” निर्देशक जोन योञ्जनले भने । ह्याप्पी प्ल्यानेट फिल्म्स र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको ‘१२ सत्ताइस’लाई रेणु राना ,दिपक खतिवडा र रुपक थापाले निर्माण गरेका छन् । चलचित्रमा सह निर्माताको रुपमा गौतम शाहको लगानी रहेको छ। आगामी मङ्सिर २७ गते बाट प्रदर्शनमा आउने यस सिनेमाको वितरणको जिम्मा काफिया फिल्म्स र श्री ब्याङ्कटेश ईण्टरटेण्टमेण्टले लिएको छ। निर्देशक जोन योञ्जन कै कथा रहेको यस सिनेमामा दिपक आर्जेको संगीत रहेको छ। प्रकाश मल्लको शब्द रहेको यस सिनेमालाई अनिश स्याङ्गदेनले खिचेका छन् भने चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन्। चलचित्रलाई सरोज श्रेष्ठले संचार व्यवस्थापनको जिम्मा लिएका छन्।
प्रतिक्रिया