बुटवल । बुटवलस्थित साझा हस्पिटल प्रा.लि.ले हेमोडायलाइसिस सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले सोमबार एक समारोहका बीच उक्त सेवा शुभारम्भ गरेको हो । उक्त सेवाको अस्पतालका अध्यक्ष गोविन्द खनालले सोमबार उद्घाटन गरेका हुन् । अस्पतालले मिर्गाैला रोगीहरुका लागि हेमोडायलाइसिस सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।त्यसैगरी अस्पतालले सोमबारदेखि एनआईसीयू र यूरो सर्जरी सेवा पनि शुभारम्भ गरेको छ ।
तीन करोड लगानी रहेको उक्त सेवाको शुभारम्भ पछि बिरामीहरु डायलासिसको लागि अन्त जानु नपर्ने अस्पतालका अध्यक्ष खनालले बताए । बाहिर जाँदा सेवा लिन कठिन र महङ्गो पर्ने बताउँदै आफूहरुले गरिब र निम्न वर्गका बिरामीलाई निःशुल्क र अन्यलाई शुलभ शुल्कमा सेवा प्रदान गर्ने अध्यक्ष खनालको भनाई छ ।
सञ्चालित सेवालाई सबैका लागि र पूर्ण निःशुल्क प्रदान गर्न प्रदेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय समक्ष प्रक्रिया अगाडि बढाइसकिएको अस्पतालका सञ्चालक डा. विनोद पराजुलीले बताएका छन् । उक्त सेवा ओमसाई पाथिभरा हस्पिटल भद्रपुर झापासँगको सहकार्यमा हाल ८ वटा मेशिनबाट हेमोडायलाइसिस शुरु गरिएको सञ्चालक डाः पराजुलीले बताए ।
हाल ८ वटा मेशिनबाट सुरु गरिएको र निकट भविष्यमै ५० वटा मेसिन पु९याई लुम्बिनी प्रदेशकै ठुलो र नमुना डायलिसिस सेन्टर बनाउने योजना रहेको अध्यक्ष खनालले जानकारी गराए ।
अस्पतालमा हाल आइसीयू अर्थोपेडिक तथा ट्रमा सर्जरी सेवा, न्यूरो सर्जरी सेवा जनरल तथा ल्यापरोस्कोपी सेवा,पेडियाट्रिक सर्जरी सेवा, इएन्टी सर्जरी सेवा, मेडिसिन सेवा, प्रसुति सेवा, यूरो सर्जरी, रेडियोग्राफी सेवा,चौबिसै घण्टा इमर्जेन्सी सेवा लगाएतका विशेषज्ञ सेवाहरु सञ्चालनमा रहेको अस्तालले जनाएको छ ।
प्रतिक्रिया