ताजा अपडेट »

बालविवाह मुद्दामा पाँच जनालाई कैद

मंगलबार, ०४ माघ २०७८

दमौली।  बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो। साथै उनीहरूलाई जनही रु पाँच/पाँच हजार जरिवानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ। दुई जनाको नाम भने खुलाइएको छैन। प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो ।-रासस