ताजा अपडेट »

नेपाल यू-२३ टोली स्वदेश फिर्ता

आइतबार, १० कार्तिक २०७६

कार्तिक १०,
काठमाडौँ । म्यान्मासँगको मैत्रीपूर्ण खेलका लागि कतार पुगेकाे नेपाल यु-२३ राष्ट्रिय फुटबल टोली आइतबार स्वदेश फर्किएको छ। घरेलु मैदानमा अर्को महिना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी स्वरुप शुक्रबार म्यान्मा यु-२३ टोलीसँग नेपालले २-२ गोलको बराबरी खेलेकाे थियो। नेपाली यु–२३ टोली आइतबार बिहान नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्किएको हो।

कतारबाट फर्किएको नेपाली टोली:

अनन्त तामाङ, अञ्जन विष्ट, बिक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापा मगर, छिरिङ गुरुङ, अर्पण कार्की, दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बु, नितिन थापा, सेसेहाङ आङ्ददेम्बे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रेजन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चान, नवयुग श्रेष्ठ, सुमन अर्याल।