ताजा अपडेट »

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

सोमबार, ०३ माघ २०७८

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयका अनुसार पिसिआर परिक्षण गर्दा उनको रिपोर्ट  पोजेटिभ आएको हो । 

केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गर्दै मन्त्री आले हाल होम आइसोलेसनमा बसेका छन् ।