कार्तिक १०,
काठमाडौँ ।गत बुधबार इङल्याण्डको एसेक्सस्थित ट्रक (लरी) भित्र ३९ को शव फेला परेपछि उक्त ट्रकका चालकमाथि हत्याको आरोप लगाइएको छ । प्रहरीले २५ वर्षीय मोरिस रबिन्सनमाथि हत्याको अभियोग लगाएको हो । रबिन्सनमाथि मानव तस्करी, आप्रवासन र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप समेत लगाइएको छ । रबिन्सन उत्तरी आयरल्याण्डका बासिन्दा हुन् । बुधबार एसेक्सस्थित औद्योगिक पार्कमा ट्रकभित्र ३९ जनाको शव फेला परेको थियो । उक्त ट्रक रबिन्सनले चलाएका थिए । त्यस्तै घटनामा संलग्न रहेको आरोपमा अन्य ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । अत्याधिक चिसोका कारण बेलायत जान हिडेका ३९ जना एसियाली नागरिकको ज्यान गएको थियो । ज्यान गुमाउनेमा चिनियाँ र भियतनामी नागरिक रहेको समाचार माध्यमले जनाएका छन् ।- एजेन्सी
प्रतिक्रिया