बुटवल । मदन भण्डारी स्पार्टेस एकेडेमी तिलोत्तमा नगर कमिटिको अध्यक्षमा लोकेन्द्र कुमार भण्डारी चयन भएका छन् । आइतबार भएको तेस्रो अधिबेशनबाट भण्डारी अध्यक्षमा चयन भएका छन् । अधिवेशनले भण्डारीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
जसको उपाध्यक्षमा तिर्थराज मल्ल, सचिवमा कृष्ण खनाल, कोषाध्यक्षमा सिर्जना श्रेष्ठ र सह सचिवमा सन्तु चौधरी चयन भएका छन् । अधिबेशन मदन भण्डारी स्पोर्ट एकेडेमका केन्द्रीय अध्यक्ष धुब्र आचार्यले निर्वाचित नयाँ समितिले खेलकुद क्षेत्रका गतिविधि बढाउँदै खेलाडी उत्पादनका साथै विभिन्न सामाजिक कार्यमा अग्रसर हुनुपर्ने बताए । खेलकुदको माध्यमबाट देशको परिचय विश्वव्यापी पुग्ने भन्दै नयाँ खेलाडि प्रोत्साहन र अग्रगलाई सम्मान गर्दै खेलाडि उत्पादनमा सघाउ पुग्ने गरी एकेडेमीले काम गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा जिल्ला अध्यक्ष कृष्ण देवकोटा, सचिव विनोद आचार्य, सिद्धार्थनगर कमिटिका अध्यक्ष रोशन थापा, सचिव कृष्ण मल्ल लगाएतले नवनिर्वाचित समितिलाई शुभकामना दिएका थिए । ०७६ सालमा मिलन राना अध्यक्ष निर्वाचित भएपछि एकेडेमीले जिल्ला स्तरय अन्तर मावि फुटसल, ५ किलोमिटर महिला, पुरुष हिडाई प्रतियोगिता, सामुदायिक विद्यालयहरुलाई खेलकुद सामग्री वितरण, मृगौला पिडित तथा असहायलाई आर्थिक सहयोग लगाएतका कार्यक्रम गरेको थियो ।
प्रतिक्रिया