ताजा अपडेट »

कौडा खेल्दै गरेका १३ जना पक्राउ

आइतबार, १० कार्तिक २०७६

कार्तिक १०,

पाल्पा । पाल्पा प्रहरीले चाडपर्वको समय हो भनेर जुवा खेल्दै आएकाहरुलाई कारवाही गर्दै आएको छ । आइतवार बिहान रिब्दीकोट गाउँपालिकाको बतासेमा कौडा खेल्दै गरेका १३ जनालाई एकैपटक पक्राउ गरेको छ । उनीहरुबाट ५ लाख बढी नगद बरामद् गरिएका जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर देबराज पौडेलले बताए ।

यसरी पक्राउ पर्नेहरुमा बतासेकै नारायण बहादुर कुँवर, गोपाल कुँवर, सुन्दर कुँवर, सचिन कुँवर, तारा कुँवर, सुन्दर श्रेष्ठ, देब कुमार पराजुली, यम बहादर कुँवर, गौरब कुँवर, कमल कुँवर, शिब चौहान, बिष्ण बहादुर थापा र समुन्द्र कुँवर रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ५ लाख ४५ हजार ८ सय ५५ नेपाली रुपैयाँ र २५ सय २० भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । यसरी पक्राउ पर्नेहरुमा स्थानीय शिक्षक, ब्यापारी र नेता तथा स्थानीय युवा रहेका छन् ।