ताजा अपडेट »

इलामको अन्तुस्थित अन्तु भ्याली टी स्टेटमा आगलागी

आइतबार, ०२ माघ २०७८

इलाम । माघ २ गते इलामको सूर्योदय नगरपालिकाको अन्तुमा रहेको इलाम टी प्रोर्डयुस प्रालिद्धारा संचालित अन्तु भ्याली टी स्टेटमा आगलागि भएको छ ।

केहिबेर अघिबाट शुरु भएको आगो नियन्त्रण बाहिर रहेको छ । आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी बीओपी छब्बसीको टोली र सूर्योदय नगरपालिकाको बारुणयन्त्र घटना स्थलतर्फ गएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर देउप्रसाद लिम्बुले जानकारी दिए ।

आगो के कारणले लागेको भन्ने खुलेको छैन । स्थानीय र प्रहरीले आगो निभाउन प्रयत्न गरीरहेका छन । अहिले सम्ममा कम्पनीका चिया प्रसोधन गर्ने मेसीन जलि सकेको स्थानीय रुद्र घिमिरेले जानकारी दिए।