ताजा अपडेट »

जलन पीडितको निःशुल्क उपचारका पाल्पा सिमेन्ट र सुष्मा कोइराला मेमोरियल अस्पतालबीच सम्झौता

आइतबार, ०२ माघ २०७८

बुटवल । पाल्पा सिमेन्टसँगको सहकार्यमा सुष्मा कोइराला मेमोरियल अस्पतालले १८ वर्ष मुनिका जलन पीडितको निःशुल्क उपचार गर्ने भएको छ ।

यसका लागि पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेड र सुष्मा कोइराला मेमोरियल अस्पतालबीच निःशुल्क उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौतामा पाल्पा सिमेन्टका तर्फबाट कार्यकारी निर्देशकद्वय विष्णुकुमार अग्रवाल र राजेशकुमार अग्रवाल अस्पतालका निर्देशक डा. सन्तोष भण्डारी र पीडितका लागि सहयोग उपलब्धा गराउन सक्रिय उज्वलविक्रम थापाबीच हस्ताक्षर भएको हो ।

२५ वर्षअघि स्थापना भएको काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालले जलेर अपाङ्ग वा अङ्गभङ्ग भएका १८ वर्षमुनिकालाई अपाङ्गरहित जीवनयापनमा सहज होस भनेर निःशुल्क उपचारका लागि पाल्पा सिमेन्टसँग सहकार्य थालेको जनाएको छ । आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्य उपचारबाट बञ्चितहरुलाई यो सहकार्यले मद्दत गर्ने इन्टष्ट्रिजले जनाएको छ ।