बुटवल । गुल्मीको गुल्मीदरबार गाउँपालिका–३ गौडाकोट म्यालपोखरी स्थित देउराली डाडा जङ्गलमा तीन दिनमा तिनवटा सवारी साधन दुर्घटनमा परेका छन ।
ग १ च ७५४७ नम्बरको मिनि ट्रक शुक्रबार राती दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यस्तै ग १ ज ५२८० नम्बरको कार पनि सोही स्थानमा हिजो दुर्घटना भएको थियो। आज बिहान पनि सोहि स्थानमा लु२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा भएको छ ।
तिनै दुर्घटनामा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । शितले सडक चिप्लो भएको कारण तिनवटै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया