सुर्खेत । वीरेन्द्रनगर नगरपालिका १० बुदबुदीमा एकै घरका चार जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ उनीहरु मृत फेला परेका हुन् ।
प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले उनीहरु शुक्रबार राति सुते पनि शनिबार साँझ मात्र आफुहरुले घटनाको बारेमा थाहा पाएको बताए । मृत्यु हुनेमा जाजरकोटको शिवालय गाउँपालिका ४ का ३५ वर्षीया कल्पा बुढा, उनका ९ वर्षीय छोरा निरज बुढा र आठ वर्षीय छोरा चिरञ्जीवी बुढाको मृत्यु भएको छ ।
उनका जेठाजुका छोरा पाँच वर्षीय सोमराज बुढाको पनि मृत्यु भएको हो । कोइला बालेर सुतेकाले निस्सासिएर मृत्यु भएको अनुमान गरिएको छ । खाटमुनि कोइला भएकोले निस्सासिएर मृत्यु भएको अनुमान गरिए पनि पोष्टमाटम रिर्पोट पछि मात्रै थाहा हुने डिएसपी घर्तिले जानकारी दिए। जाजरकोटबाट आफन्त राति नै आएकाले अहिले शव उठाउने उनले बताए ।
प्रतिक्रिया