ताजा अपडेट »

राजनीतिक स्थिरताका लागि सञ्चार क्षेत्रले खबरदारी गर्नुपर्छ: विश्वकर्मा

शनिबार, ०१ माघ २०७८

परासी । प्रेस चौतारी नेपाल नवलपरासीको छैठौं जिल्ला अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले राजनीतिक स्थिरताका लागि सञ्चार क्षेत्रले सचेत र खवरदारी गर्नुपर्ने बताए । विभिन्न बहानामा भईरहेको अस्थिरताका कारण प्राप्त उपलब्धी गुम्ने खतरा बढेको भन्दै उनले सबै क्षेत्र एक भएर प्राप्त उपलब्धी जोगाउनुपर्ने बताएका हुन् ।

उनले आर्थिक परिवर्तन मार्फत समृद्धिको सपना साकार पार्नुपर्ने भन्दै सामाजिक न्याय सहितको समाज स्थापनाका लागि सामाजिक परिवर्तन, सांस्कृतिक रुपान्तरणको मुद्दालाई व्यवहारमा कार्यान्वयन गर्न जोड दिए । समावेशी लोकतन्त्रको सहि अभ्यास गरेर समाजलाई अघि बढाउन आवश्यक रहेको उनको भनाई थियो । प्रेस चौतारी नेपाल नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को अध्यक्षमा मेघराज गौतम निर्वाचित हुनुभएको छ । चौतारीको परासीमा सम्पन्न छैँठौँ जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा पन्ध्र सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

सर्वसम्मत चयन भएको नवगठित कमिटीको उपाध्यक्ष(खुल्ला)मा गौरीशङ्कर जयसवाल, उपाध्यक्ष(महिला)मा जसुदा भुसाल, सचिवमा रामु भुसाल, सहसचिव(खुल्ला)मा सञ्जय कण्डेल, सहसचिव(समावेशी)मा अभिषेक राव हरिजन,कोषाध्यक्षमा माधवप्रसाद घिमिरे रहेका छन् । कमिटीको सदस्यहरुमा सुरेश यादव, महेश यादव, अमृत्ता विक, लक्ष्मी अर्याल,सुन्दर न्यौपाने, जीवन न्यौपाने, सुकदेव तेली लगायत रहनुभएको प्रेस चौतारीले जनाएको छ । यसैगरी प्रदेश प्रतिनिधिमा नारायण पराजुली, मोहन पौडेल, रामजी लौडारी, ईन्दिरा विक र मालती न्यौपाने तथा केन्द्रीय प्रतिनिधिमा शान्ता भण्डारी, प्रमोद अर्याल र विकास अधिकारी चयन भएका छन् ।

उक्त अवसरमा नेकपा एमालेकी केन्द्रीय सदस्य बिमला अर्याल, जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी, प्रदेश सदस्य एवं संविधानसभा सदस्य सिन्धु जलेसा, जिल्ला सचिव एवं बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत केसी, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्र्मा, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय महासचिव रबी पाण्डे, प्रेस चौतारीकी सल्लाहकार शान्ता भण्डारी, प्रेस चौतारीका सल्लाहकार एवं पुर्व अध्यक्ष उमानाथ पोखरेल, चौतारीका निवर्तमान जिल्ला संयोजक मोहन पौडेल, नवनिर्वाचित अध्यक्ष मेघराज गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।