बुटवल । कोभिड संक्रमणको तेस्रो लहरमा शिर्ष नेताहरु संक्रमित हुने क्रम बढ्दो छ । पहिलो र दोस्रो लहरको संक्रमणको तुलनमा तेस्रो लहरमा शिर्ष दलका शिर्ष नेताहरु संक्रमित हुने क्रम बढेको हो । यसै क्रममा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल पनि संक्रमित भएका छन् । उनले शनिबार सामाजिक सञ्जाल मार्फत आफू संक्रमित भएको बताएका छन् ।
‘परिक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो।’ उनले फेसबुकमार्फत भनेका छन्।
यस अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नारायणकाजी श्रेष्ठ,नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल,एमाले महासचिव शंकर पोखरेल लगाएत संक्रमित भइसकेका छन् भने प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका थिए । उनको तीन पटक परीक्षण गर्दा संक्रमण नकारात्मक देखिएको छ ।
प्रतिक्रिया