कार्तिक ९,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीमा रहेका विभिन्न नेवा संस्थाहरुको शनिबार बुटवलमा बसेको संयुक्त बैठकले आगामी कार्तिक ११ गतेको दिनलाई भ्ंह पुजा तथा दोस्रो दिन १२ गते द्वितियाको रुपमा भाई टिका मनाउने निर्णय गरेको छ । हरेक वर्षजस्तै यो वर्ष पनि नेपाल सम्बत् १२४० को पूर्वसन्ध्यामा मनाईने भ्ंह पुजाका बारेमा विभिन्न सञ्चार माध्यममा फरक–फरक मितिमा मनाउने भनि समाचार सम्प्रेशण भएपछि एकरुपता ल्याउनका लागि बैठक बसी निर्णय सार्वजनीक गरिएको नेवाः पुच बुटवलका अध्यक्ष काजिमान श्रेष्ठले जानकारी गराए ।
नेवाः संस्थाहरुको बैठकले भोलि कार्तिक १० गते लक्ष्मि पुजा मनाउने निर्णय गरेको छ । बैठकमा नेवा सेवा समिति कालिकानगरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, भिमसेन नेवाः समाज बुटवल ३ का अध्यक्ष लिला प्रसाद श्रेष्ठ, नेवाः पुच तामनगरका अध्यक्ष दिपक श्रेष्ठ, भिंद्य नेवाः पुच बुटवल १ तथा २ का अध्यक्ष एलिजा तुलाधर श्रेष्ठ, नेवाः समाज देविनगर अध्यक्ष टंक प्रसाद श्रेष्ठ, अर्घाखाँची रुपन्देही नेवाः समाज अध्यक्ष बाबुराम श्रेष्ठ तथा गणेश नेवाः समिति बुटवल ११ का अध्यक्ष गुप्तबहादुर प्रधानको सहभागिता रहेको थियो । संस्थाहरुको बैठकले कार्तिक ११ गते नेपाल सम्बत १२३९ लाई विदाई तथा १२४० लाई स्वागत गर्नका लागि बुटवलको ट्राफिक चोकमा र्याली सहित शुभकामना आदाप्रदान कार्यक्रमको आयोजना गर्ने जानकारी गराएको छ ।
प्रतिक्रिया