भैरहवा । रुपन्देहीको मर्चवारमा बिशाल हनुमानको मूर्ति तयार भएको छ । कोटहीमाई गाउँपालिका वडा नम्बर ६ मर्चवारी देवी मन्दिरमा स्थानियको सहयोगमा बिशाल हनुमान मूर्ति तयार गरिएको छ ।
हिन्दुहरुको आगाध श्रद्धा रहेको र मनोकामना पूर्ण हुने पिठको रुपमा प्रसिद्ध रहेको मर्चवारी देवी मन्दिरमा हनुमानको बिशाल मूर्ति स्थापना भए पछि यसले यस क्षेत्रका धार्मिक पर्यटनको विकासमा थप टेवा पुग्ने विश्वास लिईएको छ ।
मर्चवारी देवी मन्दिरका मूख्य पूजारी शम्भु शरण दासका अनुसार मन्दिरको उचाई २५ फिट रहेको छ । यसलाई करिब १ बर्षको समय लगाएर तयार गरिएको छ । सुरुमा करिब १० फिटको चौतारो बनाई त्यसमा २५ फिटको हनुमान मूर्ति निर्माण गरिएको छ । भारतका प्रसिद्ध कलाकारहरुले मूर्तिको निर्माण गरेको उनले जनाए ।
“मूर्ति निर्माणको लगभग सबै काम सकिएको छ । अब छिट्टै यसको प्राण प्रतिष्ठा गरि सर्वसाधारणको दर्शनको लागी खोल्नेछौं ।” दासले भने “यसको निर्माणमा स्थानिय दाताहरुको सहयोगले अहिले सम्म करिब १४ लाख रुपैया खर्चिएका छौं मार्वल्स लगाउन अभैm केही रकम सम्मरीमाई गाउँपालिकाले उपलब्ध गराउने आश्वासन दिएको छ ।”
प्राण प्रतिष्ठाको लागी ४ वेद र ६ शास्त्रमा पारांगत बाल ब्रम्हचारी एवम १ सय ५ बर्षका विन्देश्वरी प्रसाद शुक्लले गर्ने कोटहीमाई गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवले जनाए । अहिले उक्त मूर्तिको आँखा छोपेर राखिएको छ । उक्त मूर्ति जिल्लकै सबै भन्दा ठूलो हनुमान मूर्ति रहेको स्थानियहरुको दावी छ ।
प्रतिक्रिया