ताजा अपडेट »

बढ्याे सुनको मूल्य

शुक्रबार, ३० पुस २०७८

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन प्रतिताेला २०० रुपैयाँले बढेकाे छ । नेपाल  सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार  २०० रुपैयाँ  निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।