ताजा अपडेट »

रुपन्देहीमा टिपर दुर्घटना, चालकको मृत्यु

विहीबार, २९ पुस २०७८

बुटवल । बिहिबार दिउँसो रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको देवदह नगरपालिका–६ गिद्दभिरस्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनवल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय रामु कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।