कपिलवस्तु । कपिलबस्तुमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–१ बैरियास्थित सडकमा लु ६९ प ७४७८ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले मंगलबार बेलुकी ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय प्रजोल भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया