कार्तिक ९,
काठमाडौँ ।अमेरिकाको क्यालिफोर्निया प्रान्तका गर्भनर गोविन नेवसोमले शुक्रबार लस एन्जिल्स र सोनोमा क्षेत्रमा भीषण आगलागीको प्रभाव र खतरालाई मध्यनजर गर्दै राज्यमा संकटकालको घोषणा गरेका छन् । क्यालिफोर्नियाको जंगलमा लागेको आगो ५ हजार एकड बढी क्षेत्रमा फैलिएको छ । यो आगो सोमबार लस एन्जेलिसभन्दा लगभग ६५ किलोमिटर टाढा सेन्टा क्लेरिटामा लागेको थियो ।नेवसोमले भने, ‘म राज्यको संविधानअनुसार प्राप्त अधिकारको उपयोग गर्दै लस एन्जिल्स तथा सोनोमा क्षेत्रमा आगलागीको खतरालाई मध्यनजर गर्दै संकटकालको घोषणा गर्छु ।’ अहिलेसम्म पाँच सय घर जलिसकेका छन् । थुप्रै क्षतीग्रस्त भइसकेका छन् ।
सेन्टा पाउला निवासी महिलाको जलेका कारण मृत्युः
यसअघि शुक्रबार सेन्टा पाउला निवासी महिला भर्जिनिया पेसोला (७०) को मृत्यु भएको जानकारी अधिकारीले दिएका थिए । आगलागीका कारण भएको यो पहिलो मृत्यु हो । सावधानीको रुपमा दमकल विभागले ५० हजारलाई घर खाली गर्न आदेश दिएको छ ।
तबेलाभित्रै धेरै घोडाको मृत्युः
यसअघि बिहिबार अबेर राती सेन डियागोको तबेलामा आगो फैलिएका कारण थुप्रै घोडाको निस्सास्सिएर मृत्यु भएको छ जबकी केही घोडालाई समय अगावै बचाउन सकिएको छ । आगो निभाउनका लागि हजार बढी कर्मचारी, पाँच सय दमकल, एयर ट्याङ्कर र हेलिकोप्टरको मद्दत लिइँदैछ ।
आइतबार बढ्न सक्छ हावाको गतीः
नेशनल वेदर सर्भिसको पूर्वानुमान अनुसार आइतबारसम्म हावाको गती तीब्र हुनसक्छ । यसअघि उत्तरी क्लालिफोर्नियाको वाइन कन्ट्रीमा पनि बुधबार जंगली झाडीमा आगो सल्किएको थियो । पछि यो आगो १६ हजार एकडमा फैलिएको थियो जसका कारण दुई हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको थियो ।-एजेन्सी
प्रतिक्रिया