ताजा अपडेट »

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

विहीबार, २९ पुस २०७८

काठमाडौं । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न निर्वाचन आयोगले सर्बदलीय बैठक आह्वान गरेको छ ।राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउन तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल गर्न शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको हो ।

‘भोलिको बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानिय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा सर्वदलीय बैठकमा कुराकानी हुनेछ’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।