अर्घाखाँची । लुम्बिनी प्रदेशका तथा नेकपा एमाले अर्घाखाँचीका जिल्ला सहइन्चार्ज चेतनारायण आचार्यलाई कोरोना संक्रमण भएको छ ।
कोभिडसँग मिल्दोजुल्दो समस्या देखिएपछि गरिएको परीक्षणमा आचार्यलाई कोराना संक्रमण देखिएको पारिवारीक स्रोतले जानकारी दिएको छ।
आचार्यमा कोरोना संक्रमण देखिएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ । नेता आचार्य पछिल्लो समय जिल्ला अधिवेशन लगायतका राजनीतिक कार्यक्रममा व्यस्त रहेका थिए ।
एमालेको जिल्ला अधिवेशनलाई सर्वसम्मत बनाउन सक्रिय बनेका आचार्यमा संक्रमण देखिएपछि अन्य नेता कार्यकर्ता पनि कन्ट्रयाक ट्रेसिङमा परेका छन् । यस अघि माओवादी केन्द्रको महाधिवेशनमा सहभागी भई फर्किएकी माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी लगायतमा पनि कोभिड संक्रमण देखिएको थियो ।
प्रतिक्रिया