ताजा अपडेट »

बढ्दै कोरोना ग्राफ : एक सातामा ९.२ प्रतिशत संक्रमित थपिए

बुधबार, २८ पुस २०७८

काठमाडौँ  नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार नेपालमा एक हप्तामा ९.२ प्रतिशले कोरोना संक्रमित बढेका छन् ।

डा. मिश्राका अनुसार एक हप्तामा ६२ हजार ७५५ जनाको आरटी पीसीआर परीक्षण गरेकोमा ८ हजार ७३३ जनामा कोरोना पुष्टि भएको छ । जुन अघिल्लो साताको तुलनामा ९.२ प्रतिशले बढी हो । यो हप्तामा परीक्षण भएकामध्ये १३.३ प्रतिशतमा कोरोना पृष्टि भएको छ । गत हप्ता ४९ हजार ८७७ अरटी पीसीआर परीक्षण गर्दा दुई हजार ३० जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै एन्टीजन परीक्षण गर्दा ६.७ प्रतिशतले कोरोना संक्रमित बढेको डा. मिश्राले जानकारी दिनुभयो । एक हप्तामा २९ हजार ७०९ सय एन्टिजेन परीक्षण गर्दा २ हजार २२७६ जनामा संक्रमण पुष्टि भएको छ। गत हप्ता २८ हजार ५६१ एन्टीजेन परीक्षणमा गर्दा ९८ जनामा कोरोना पुष्टि भएको थियो ।

नेपालमा आरटी पीसीआर गर्दा देशभरबाट गत बुधबार ३६०, बिहीबार ४७८, शुक्रबार ५७२, शनिबार ६९६, आइतबार ८४१, सोमाबार १३ सय ५७, मंगलबार १९ सय ९१ र बुधबार २४ सय ४८ जनामा कोरोना पृष्टि भएको थियो ।

एक हप्तामा गत बुधबार २३९, बिहीबार २७१, शुक्रबार २६२, शनिबार २९७, आइतबार २२४, सोमबार २२५, मंगलबार ३१३ बुधबार २७८ गरेर दुई हजार १०९ जना संक्रमणमुक्त भएका थिए । त्यस्तै ८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।-सिर्जना खत्री/गोरखापत्र