ताजा अपडेट »

उजिरसिंह रनिङ एकदिवसिय क्रिकेट : न्यू होराइजन विजयी

बुधबार, २८ पुस २०७८

बुटवल । बुटवलमा जारी उजिरसिंह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ अन्तरगत बुधबार भएको खेलमा न्यू होराइजन स्पोर्टस क्लब विजयी भएको छ । बुटवल क्रिकेट विकास समितिको आयोजना तथा बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समिति रुपन्देही क्रिकेट संघको सहयोगमा जारी खेलमा न्यु होराईजनले जिआर क्रिकेट एकेडेमीलाई १ सय ७५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

बुटवल नरेश्वर क्रिकेट मैदानमा भएको खेलमा खेलमा टस जितेर न्यु होराईनले ब्याटिङको निर्णय गर्दै ४० ओभरमा ८ विकेटको नोक्सानीमा २ सय ३२ रनको लक्ष्य खडा गरेको थियो । खेलमा मनिष थापाले ६३, रोशन अर्यालले ५२ र प्रकाश केसीले २६ रनको योगदान दिए । खेलमा जिआरका गुलसन पोखरेल र अनमोल श्रीषले समान २-२ विकेट लिएका थिए ।

विशाल लक्ष्य पछ्याएको जिआरका ब्याट्सम्यानहरु २५ दशमलव ४ ओभरमा केवल ५७ रनमा समेटिए । जिआरका लागि बिशाल भुषालले १४ र गुलसन पोखरेलले १२ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर जोड्न सकेनन । कम स्कोरमा रोक्न न्यु होराईजनका पुरुषोत्तम भट्टराईले ३ मेडनसहित ३ विकेट तथा निशल ज्ञवालीले ३ बिकेट लिएका थिए । खेलमा न्यु होराईजनका मनिष थापा म्याच अफ दी म्याचबाट पुरस्कृत भए ।

विहिबार बाउन्न कला क्रिकेट एकेडेमी र बुटवल राईजोज क्रिकेट क्लबका बिचमा क्वाटरफाईनल खेल हुने समितिका सचिव पुनिल पोखरेलले बताए । प्रतियोगितामा बेष्ट्रन क्रिकेट क्लब, बेष्ट्रन क्रिकेट एकेडेमी, बुटवल युथ स्र्पोटस क्लब, जिआर क्रिकेट एकेडेमी, न्यु होराइृजन क्रिकेट क्लब, महाबिर क्रिकेट क्लब, बुटवल राईजोज क्रिकेट क्लब, बाउन्न कला क्रिकेट एकेडेमी, गोलर्पाक क्रिकेट क्लब र बुटवल ११ क्रिकेट क्लब गरि १० टिमले भाग लिएका छन ।