भैरहवा । भैरहवा स्थित भिम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई अस्पताल प्रशासनले विदाई गरेको छ । मंगलबार एक औपचरिक कार्यक्रमको आयोजना गरि अस्पतालले भण्डारीलाई बिदाई गरेको हो ।
बिदाई कार्यक्रममा बोल्दै भण्डारीले आफू भैरहवावासी नै भएको कारण अस्पतालको सर्वपक्षीय विकासको लागि सदैब सहयोग गर्न तत्पर रहेको बताए । ३ वर्षे कार्यकाल तोकी जेठको २ गते देखी कार्यभार सम्हालेका भण्डारीले ८ महिना मात्र काम गर्न पाए । उनले अस्पतालको ३ वर्षे विकास गुरुयोजना बनाएको र सोही अनुसार अगाडी बढीरहेको बताए । “म नभए पनि, जो सुकै यस पदमा आए पनि उसको लागि पर्याप्त काम गर्ने वातावरण बनाएर गईरहेको छु ।” भण्डारीले भने “ आशा छ जो आउछ उसले अस्पतालको लागि राम्रो काम गर्नेछ ।”
कोभिडको दोश्रो लहरले आतंक मच्चाईरहेको समयमा आफ्नो नियुक्ती भएको र त्यस बखत अस्पताल कर्मचारी, प्रशासन एवम् अन्यसँग संयुक्त सहकार्य गरि काम गरेको उनले बताए । तत्कालीन समयमा भिम अस्पतालले प्रदेशकै नमूना कोभिड अस्पतालको रुपमा काम गरेको र पुरस्कृत समेत भएको थियो । भण्डारीले आफूले कार्यभार सम्हालेदेखि नै अस्पताललाई सहयोगको ओइरो लागेको बताए । उनले भिम अस्पताललाई माया गरेर कोभिडबाट जुध्न नगरवासी मात्र नभई छिमेकी गाउँपालिकाहरुले समेत खुल्ला हृदयले सहयोग गरेको जनाए ।
कार्यक्रमा बोल्दै भिम अस्पतालकी मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्ताले कोभिडको समयमा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष भण्डारीले ब्यवस्थापकिय रुपमा सहयोग गरेकाले आफूलाई काम गर्न सहज भएको बताईन । बिदाई कार्यक्रम अस्पतालका प्रशासन प्रमुख गोविन्द ज्ञवालीको सञ्चालनमा भएको थियो । आइतबार बसेको लुम्बिनी प्रदेश मन्त्रि परिषद बैठकले विगतको सरकारले नियुक्त गरेका प्रादेशिक र जिल्ला अस्पतालका अध्यक्ष र सदस्य हटाउने निर्णय गरेको थियो ।
भैरहवाका मेयरले पटक्कै सहयोग गरेनन् : भण्डारी
भिम अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले सबैतिरबाट सहयोग पाईए पनि सिद्धार्थनगर नगर पालिकाका प्रमुखबाट सहयोग नपाएको गुनासो गरेका छन् । मंगलबार अध्यक्ष भण्डारीको बिदाई कार्यक्रममा सञ्चारकर्मिहरुसंग कुरा गर्दै उनले अस्पताल समेत रहेको नगरपालिकाले कुनै सहयोग नगर्नु दुखद रहेको बताए । “छिमेकी गाउँपालिकाहरुले खुल्ल ह्ृदयले सहयोग गरे तर हाम्रै मेयरले सहयोग गरेनन् ।”-भण्डारीले भने ।
उनले जिल्ला समन्यवय समितिले भिम अस्पताललाई भनेर दिएको रकम पनि नगरपालिकाले नदिएको र लामो समयपछि मात्र बिनियोजित रकम मध्ये कम गरि मात्र अहिले अस्पताललाई उपलब्ध गराएको आरोप लगाए ।
प्रतिक्रिया