बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी सांस्कृतिक नगरपालिकाको विस्तारीत बैठक सम्पन्न भएको छ । पार्टीका रुपन्देही सह–इन्चार्ज सिद्धिचरण भट्टराईको प्रमुख आथित्यता र नगर कमिटी अध्यक्ष सफिउरईमान अन्सारीको अध्यक्षतामा बुधबार बैठक सम्पन्न भएको हो ।
बैठकले संगठन विस्तार अभियनालाई तिव्रता दिने र कमिटी गाउँ टोलसम्म निर्माण गर्ने निर्णय गरेको छ । बैठकमा बौल्दै सिद्धिचरण भट्टराईले आगामी निर्वाचनसम्म धेरैले एमाले छाडेर एकीकृत समाजवादीमा आउने दाबी गरे । साथै उनले रुपन्देही लगायत देशभर नै एकीकृत समाजवादीमा जनताको आकर्षण रहेको समेत दाबी गरे ।
प्रतिक्रिया