परासी । कोरोना महामारी फेरि फैलन थालेपछि पश्चिम नवलपरासीमा संघिय सरकारको निर्देशन अनुरुप २५ जना भन्दा बढि भेला हुन र भिडभाड गर्न रोक लगाईएको छ ।
मेला महोत्सव लगाएत सबै संञ्चालन गर्न नदिईने जिल्ला प्रशासन कार्यालयद्धारा जारी सुचनामा जनाईएको छ । मंगलबार कार्यालयमा बसेको डिसिसिएमसिको बैठकले माघ १५ गते सम्म सबै स्थानिय तहलाई विद्यालय बन्द गर्न आग्रह गरेको छ । यद्यपि मंगलबार जिल्लाका सबै स्थानमा विद्यालय संञ्चालनमा थिए ।
विद्यालय बन्द भएपनि स्थानिय स्वास्थ्य संस्था बाट १२ देखि १७ वर्ष सम्मका बालबालीकालाई खोप लगाउने कार्य गर्न पनि प्रशासनले आग्रह गरेको छ । साथै सबै स्थानिय तहले आ आफ्नो सिमा नाकामा हेल्थ डेस्क राख्न पनि प्रशासनले भनेको छ । अहिले महेसपुर नाकामा हेल्थ डेस्क राखिएपनि प्रभावकारी चेकजाँच हुन सकेको छैन् । डिसिसिएमसिको आजको बैठकले माघ ७ गते देखि कोरोना विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्र सरकारी कार्यालय होटल रेष्टुरेन्टमा प्रवेश पाईने निर्णय पनि गरेको छ ।
जिल्लामा हाल सम्म ३१ प्रतिशत जनसङख्याले मात्र पुर्ण मात्रा खोप पाएका छन् । जस्का कारण कोरोना संक्रमणको जोखिम थप बढ्न सक्ने चिन्ता बढेको छ । यसैबिच कोरोना महामारी जोखिमका कारण बर्दघाटमा २९ गते देखि आयोजना गरिएको व्यापार मेला पनि स्थगित भएको छ । सरकारले जारी गरेको निर्देशन बमोजिम जोखिमलाई मध्यनजर गर्दे मेला स्थगित गरिएको बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताएका छन्।
प्रतिक्रिया