बुटवल । क्यान इन्फोटेक २०२२ स्थगित भएको छ । माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरि संपुर्ण तयारी गरि सकिएकोमा कोभिड–१९ को तेश्रो लहर, काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको संक्रमणका इन्फोटेक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।
‘सन १९९५ देखि बर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २७ औं संस्करण मिति २०७८ साल माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने गरि संपुर्ण तयारी गरि सकिएकोमा कोभिड(१९ को तेश्रो लहर, काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको संक्रमण, कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० का पछिल्ला सिफारिस तथा निर्णयहरु, नेपाल सरकार गृह मन्त्रालय एवं काठमाडौं उपत्यका अन्तर्गतका जिल्ला प्रशासन कार्यालय लगायत कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२२ का प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसंगको परामर्शमा अर्को निर्णय नभएसम्मको लागि हाललाई स्थगित गरिएको छ ।’-महासचिव नारायण थापाले जारी गरेको सूचनामा भनिएको छ ।
प्रतिक्रिया