बुटवल । रुपन्देहीको सैनामैनामा मोटरसाइकल र स्कुटी आपसमा ठक्कर खाँदा २ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका–६ दुधराक्षमा आज मोटरसाइकल र स्कुटीका चालक घाइते भएको प्रहरीले जनाएको छ ।
बुटवल देखि बाँसगढि जाँदै गरेका ग १३ प ४७१६ नम्बरको स्कुटि र लु १७ प ६८६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा स्कुटी चालक सैनामैना–१० का २९ वर्षीय गोपाल न्यौपाने र मोटरसाइकल चालक सैनामैना–६ का ३२ वर्षीया ३२ का गणेश घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुबै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
प्रतिक्रिया