ताजा अपडेट »

एमाले पाल्पाका निवर्तमान उपाध्यक्ष मगरद्वारा पार्टीबाट अलग रहेको घोषणा

आइतबार, २५ पुस २०७८

बुटवल । नेकपा एमाले पाल्पाका निवर्तमान उपाध्यक्ष मोहन थापा मगर पार्टीबाट अलग रहेको घोषणा गरेका छन् । नवौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका थापा मगरले अबको जीवन राजनीति नभै समाजिक रुपमा अगाडी बढ्ने बताउँदै सामाजिक रुपमा अगाडी बढ्दा जस्तै सुकै अफ्ट्यारो परिस्थितस् आए पनि सधै जनताको बिचमा रहिरहने बताएका छन् ।

‘२०४६ सालको जनआन्दोलन सफलता सङ्गै पार्टी खुल्ला हुदै गर्दा मेरो खुला राजनिती जीवन ४२ बर्ष पछि आज २०७८/०९/२५ गते आजकै मिति देखि अलग रहने निर्णय गरेको छु,मैले मेरो राजनीतिक जिवनमा धेरै जनताको घर दैलो गरेकोछु धेरैले मेरो बिश्वास र वचनलाई नकार्न नसकेर नेकपा (एमाले) लाई माया गर्नु भयो सुर्य चिन्हमा मतदान गर्नु भयो मलाई यहाँ सम्म आउदा तपाईहरुले माया स्नेह प्रदान गर्नु भयो यहाहरु प्रति हृदय देखि आभार ब्यक्त गर्दछु अबको मेरो जीवन राजनीति नभै समाजिक रुपमा अगाडि बढदा जस्तोसुकै अफ्ट्यारो परिश्थिती आइ परे याहाहरुको बिचमा रहिरहने छु। बाकी अधुरो काम सामाजिक क्षेत्रबाटै पूरा गर्ने वचन बद्धता व्यक्त गर्दछु। धन्यवाद।’–थापा मगरले भनेका छन् ।