बुटवल । विश्व कीर्तिमानी युवा अर्पण शर्मालाई सामाजिक अभियानमा सम्मान गरिएको छ । गोदावरी खोला क्षेत्र सरसफाई अभियानको आयोजनामा गोदावरी, ललितपुरमा आयोजित कार्यक्रमको अवसरमा सहरी विकास मन्त्री रामकुमारी झाँकीको हातबाट अर्पण शर्मालाई सम्मान प्रदान गरिएको हो ।
स्मरण शक्तिमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाई देशको नाम विश्व सामू उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गरी नेपाली युवा जगतमा राष्ट्रिय गौरव बढाएको तथा समाजसेवामा निरन्तर उल्लेखनीय योगदान गरेकोमा शर्मालाई सम्मान गरिएको हो ।
प्रतिक्रिया